दुर्लभ किसिमको लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ ।
लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको
बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ । गायक हेमन्त शर्माले लोक
स्वादका गीतहरू गाउदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिका
सँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो ।
सार्थक डिजिटल प्रालिको
प्रस्तुति रहेको बनमारा गीतमा शब्द सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ
भने उक्त गीतको भिडियोमा नायक पुष्प खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् ।
यस्तै शिव विकले कलात्मक रूपमा कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका
हुन् ।